लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले एक कार्यक्रमबीच १५ औं स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आइतबार लन्डन साउथ हयारोस्थित हयारो फूटबल क्लबमा एक बिशेष कार्यक्रम गरी १५ औं स्थापना दिवस हर्षोल्लासका साथ मनाइएको हो । सोही अवसरमा संस्थाको वार्षिक साधारणसभा पनि सम्पन्न भएको हो ।
संस्थाको १५ औं स्थापना दिवसको खुशीयालीमा केक काट्दै खुसि साटासाट गरिएको थियो।
सस्थाका सचिब दामोदर प्रसाद आचार्यले संचालन गरेको कार्यक्रम तथा कोषाध्यक्ष खेमराज जोशीले प्रस्तुत गरेको आय-व्यय विवरण तथा सस्थाको वार्षिक प्रतिबेदन सर्बसम्मत पारीत गर्दै सम्पन्न गरिएको थियो
कार्यक्रमको पहिलो चरणमा ब्रिटिश चेली बोनिता नोरिसले आफ्नो सगरमाथा तथा अन्य पर्यतहरु आरोह गरेको अनुभब सुनाउदै उपस्थित सहभागी माझ प्रेरणाको स्रोत बनेकी थिइन्।
औपचारिक कार्यक्रम कम्युनिटीका अध्यक्ष समिरनाथ प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको हो।
अध्यक्ष प्याकुरेलले सहभागीप्रति धन्यवाद दिंदै संस्था सामाजिक र मानवीय भावनाले ओतप्रोत भएको उल्लेख गरे ।
कार्यक्रममा एनबीसी यूकेले अप्रिल २१ सोमबार मनाउन लागेको नेपाली नयाँ वर्ष २०८२ तथा च्यारिटी डिनर सांस्कृतिक कार्यक्रममा सहभागी भइदिन सबैमा अनुरोध गर्दै “विगतमा जस्तै यसपटक एनबीसी युकेले कार्यक्रमको खर्च कटाएर बचेको रकम हुम्ला सिमीकोटस्थित हिमाली श्रवण अपांगता तथा बौद्धिक अपांगता विद्यालयलाई प्रदान गर्ने निर्णय गरेको उनले बताए । 




कार्यक्रममा सस्थाका पूर्व अध्यक्षहरु संरक्षक,ट्रष्टी,सल्लाहकारहरु सहित १ सय बढी सदस्यहरुको उपस्थिति थियो






