बेलायतको नटिंघममा”मिडल्याण्ड”नेपाली मेला ऐतिहासिक बनाउन बिशाल तयारी

लन्डन – बेलायतको मिडल्याण्ड क्षेत्रस्थित नटिंघम शहरमा आयोजना हुने नेपाली मेला “मिडल्याण्ड २०२५” ऐतिहासिक र भव्य बनाउने उद्देश्यले नेपाली समाज नटिंघमले व्यापक तयारी थालेको छ। आगामी ११ अगस्ट २०२५(सोमबार) का दिन मेलवोर्न पार्क, नटिंघम मा हुने उक्त मेलालाई सफल बनाउन संयोजक समिति र विभिन्न संस्थाहरूको सहकार्यमा तिव्र तयारी भइरहेको छ।

समाजका अध्यक्ष रामप्रसाद पन्थीले लन्डन नेपाल न्यूजलाई जानकारी दिँदै मेलालाई सहभागीमुखी, मनोरञ्जनात्मक र नेपाली संस्कृति झल्कने गरी आयोजना गर्न लागिएको हो। नेपालका राष्ट्रिय खेलजस्तै भलिबल, फुटबल, कबड्डी, घैंटो, लठ्ठो तान्ने प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, पञ्चेबाजा, नेपाली परिकारका स्टलहरू र कला-कौशल प्रदर्शन हुने जानकारी दिए ।

मेलामा बेलायतभरि रहेका नेपाली संघसंस्थाहरूको सहकार्य रहनेछ। साथै, मेलालाई अझ प्रभावकारी बनाउन कोभेन्ट्री समाज अध्यक्ष सन्तोष रेग्मी, नारायण फुयाँल, गोविन्द सापकोटा (कोभेन्ट्री), शशांक शर्मा, दुर्गा सापकोटा (नटिंघम), हरी भट्टराई, ओमन फाउन्डेशन नटिंघम र रमेश खनाल (कोभेन्ट्री) लाई विशेष जिम्मेवारी दिइएको छ।

कार्यक्रमको प्रमुख आतिथिका रूपमा नटिंघमशायरका सांसद एलेक्स मोरिस सहभागी हुने तय भएको छ। साथै, मेलामा आयोजना हुने राफल ड्र को पहिलो पुरस्कार अनुग्रह ज्वेलर्सको तर्फ बाट प्रदान गरिएको आकर्षक £300 बराबरको Gurkha Wrist Watch रहने आयोजकहरूले जनाएका छन्।

कार्यक्रमलाई थप भव्य बनाउन अध्यक्ष रामप्रसाद पन्थी, उपाध्यक्षहरू लोकनाथ अधिकारी,मुकुन्द खरेल,महासचिव वीरेन्द्र खड्का (रेशम) र प्रवक्ता दुर्गा सापकोटाले संयुक्त रूपमा बेलायतभर रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थाको ब्यानरसहित सहभागिता जनाउन आग्रह गरेका छन्।