एन आर एनएको भिडियो च्यालेन्जमा लण्डन नेपाल न्युज पनि भिड्दैः-

काठमाडौं / एन आर एनएको आयोजनामा नेपाल टुरिजम बोर्डको सहकार्य रहेको भिडियो च्यालेन्जमा लण्डन नेपाल न्युजले पनि आफ्नो भिडियो प्रतिस्पर्धामा उतार्ने भएकोछ । नेपालको टुरिजम प्रबर्धनको मुख्य उदेश्य लिएर आयोजना भएको सो कम्पिटिसनको जूलाई १९ तारिक सम्म भिडियो अपलोड गरिसक्नु पर्ने डेडलाईन दिईएको्मा भिडियो मेकरहरुलाई सुबिधा होस् भन्ने सोचकासाथ डेडलाईन थपेर २३ जुलाई गरिएको जानकारी एन आर एनएका केन्द्रिय सहकोषाध्यक्ष सोम सापकोटाले गराऊनु भएकोछ । भिडियो मेकरहरुले बढिमा ३ मिनेट सम्मको भिडियो प्रतिस्पर्धामा उतार्न पाउने प्राबधान राखिएकोछ । प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुने भिडियोलाई क्रमश नेरु १ लाख, नेरु ७५ हजार र नेरु ५० हजार पुरस्कार प्रधान गरिनेछ ।londonnepalnews

एन आर एनएको यो कदमलाई केहि हदसम्म भएपनि सघाउने उदेश्य लिएर लण्डन नेपाल न्युजले पनि आफ्नो भिडियोको छायंकन नुवाकोटको ककनीमा सम्पन्न गरिसकेकोछ । ‘अतिथि देवो भव’ नाम दिएर छायंकन सम्पन्न भयको उक्त भिडियोको परिकल्पना लण्डन नेपाल न्युजका रमेश पोखरेलको रहेकोछ भने छायंकन,सम्पादन तथा निर्देशन संयुक्त रुपमा रमेश पोखरेल र सन्तोष ढकालको रहेकोछ । पोखरेल र ढकाल दुबै चलचित्र निर्देशक हुन् । केहि दिन भित्रनै भिडियो अपलोड गरिसक्ने उदेश्य सहित पोस्ट प्रोडक्शनको धमाधम काम भैरहेको उक्त भिडियोको निर्माता भने लण्डन नेपाल न्युजका प्रधान सम्पादक शिव भण्डारी र कार्यक्रम संयोजक जेनी भट्टराई रहेकाछन् । कमलमणि चापागाईं र बुद्दिमाया लामाको मुख्य भुमिका रहेको सो भिडियोमा नेपालीहरुको आतिथ्य सत्कार र प्राकृतिक सौन्दर्यलाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी निर्देशक द्वयले गराएका छन् । छायंकनका केहि तस्बिरहरुः-londonnepalnewslondonnepalnewslondonnepalnewslondonnepalnewslondonnepalnews