लण्डन ।सहारा यूकेको वार्षिक साधारणसभा १९ डिसेम्बर २०२० शनिबार सम्पन्न भएको छ । सस्थाको नयाँ सहमति अनुसार कुमार गुरुङ नेतृत्वको टिमले नै निरन्तरता पाउने भएको छ । सहारा यूकेका सचिव वाचस्पति रेग्मीका अनुसार वार्षिक साधारणसभा तथा छैटौं कार्यसमितिको वार्षिक अधिवेशन विश्वव्यापी कोभिड-१९ महामारीका कारण भर्चुअल जुममार्फत भएको र कुमार गुरुङको अध्यक्षतामा रहेको कार्यसमितिलाई नै थप एक वर्ष निरन्तरता दिने निर्णय गरेको छ।
यसैगरी उक्त कार्यसमितिमा उपाध्यक्ष लेफ्टीनेन्ट रि. कुसाङ गुरुङ, महासचिव धनु थकाली, सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष शारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ, सहारा एफसी सिइयो, मनोज गुरुङ, खेलकुद सचिव कुमार थापा र युवा खेलकुद संयोजक सन्दिप उपाध्याय छन् ।त्यसैगरि, सदस्यहरुमा मिलन तमु, एम कुमार गुरुङ, मन्जु गुरुङ राई, सुधा गुरुङ, योगेश गुरुङ, इश्वर गुरुङ, विश्वजंग गुरुङ, गणेश थापा र जगन गुरुङ छन्।
कार्यक्रममा सहारा यूकेका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सहारा क्लब पोखराका मानार्थ सदस्यहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु उपस्थित रहेका थिए ।
सन् २००८ मा नवीन गुरुङको अध्यक्षतामा स्थापित सहारा यूकेले बेलायत र नेपालमा खेलकुद विकास तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । “सहारा यूकेको गरिमा उच्च छ ।






