बेलायतको स्कटल्याण्डमा गुल्मीका भण्डारीले भब्य होटल खोल्दै

Images of the Grampian hotel which was bought over in September and despite the current pandemic the new owner Kashiram Bhandari CR0025818 Pic Kenny Smith, Kenny Smith Photography Tel 07809 450119

लण्डन । बेलायतमा २००४ सालमा आएका गुल्मी खैरेनीका काशिराम भण्डारीले स्कटल्याण्डको पर्थमा भव्य होटल खोल्ने भएका छन् । गत बर्ष अकस्मात बन्द भएको पर्थ सिटी सेन्टरमा रहेको द ग्राम्पेयन नामक होटललाई खरिद गरी भण्डारीले सञ्चालन गर्न लागेका हुन् । आउने जनवरीको मध्यतिरबाट सञ्चालन गर्न लागेको नयाँ ‘हस्पिटालीटि’ अर्थात आतिथ्यता सेवामा उनले करिब २० जनालाई रोजगारी दिदैछन् ।

Images of the Grampian hotel which was bought over in September and despite the current pandemic the new owner Kashiram Bhandari CR0025818 Pic Kenny Smith, Kenny Smith PhotographyTel 07809 450119

गतबर्षको सेप्टेम्बरमा रातारात रहस्यमयी तरिकाले बन्द भएको उक्त होटल सञ्चालनमा ल्याउनको निम्ती काशिरामले करिब ५ लाख पाउण्ड अर्थात ७ करोड ९४ लाख नेपाली रुपैया बराबर लगानी गर्दैछन् । पर्थमा पर्यटक भित्राउले लक्ष्य सहित भण्डारीले उक्त होटल सञ्चालन गर्न लागेको लन्डन नेपाल न्युज लाइ बताए।

कोडनविथमा शिम्ला प्यालेस रेष्टुरेन्ट सञ्चालन गरिरहेका भण्डारीले होटल बन्द नहुँदै खरिद गर्न खोजेको भएपनि लकडाउनले असर गरेको बताउछन् । विगत ३८ बर्षदेखि भारत, दुबई, स्कटल्याण्डमा समेत हस्पिटालीटि क्षेत्रमा काम गरेको अनुभव संगालेका भण्डारीले ११ ओटा होटलहरुसमेत चलाइसकेका छन् ।

उनका अनुसार आउने जनवरीको मध्यतिर होटल पूर्णरुपमा सूचारु हुनेछ । कोभिडको कारण रोजगारी गुमाएका मानिसहरुलाई रोजगारी दिदै सुचारु गरिएको यस कार्यलाई सबैले ‘स्वागतयोग्य’ भनेका छन् । सन् २०१२ मा बेलायती पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनबाट आफ्नो रेष्टुरेन्ट उद्घाटन गराएर एकाएक चर्चामा आएका व्यवसायी काशीरामले १० बेडरुमको अर्काे होटल स्कटल्याण्डको किरकल्डीमा पनि खोल्ने तयारी गरिरहेका छन् ।

होटल मार्फत पर्यटन प्रवद्र्धन मात्र नभएर नेपालीपन झल्काउने खानाका परिकार समेत बनाउने सोच बनाएका उनले होटलको मुल प्रवेशद्धारमा नेपाली झण्डा फहराएका छन् । यसअघि रेष्टुरेन्ट व्यवसायमा लागेर सफलताको चाङ बटुलेका उनले अब होटलको यात्रा तय गरेका हुन् ।