काठमाडौं–प्रचण्ड प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो ।
मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।
त्यसमा तिमल्सिनालाई दोषी ठहर गर्दै अदालतले ब्लडमनीबापत पीडित परिवारलाई तीन लाख साउदी रियाल झण्डै ८७ लाख नेपाली रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो ।
नोपली दूतावासमा खटाएका प्रतिनिधि र पीडित पक्षबीच भएको टलफलमा एक लाख २० हजार रियाल दिनुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरु गरेको थियो ।
खाडीका जेलमा श्रम मामिलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् । फौजदारी मुद्दाका संवेदनशील अभियोगमा पनि वर्षौंदेखि थुनिएका छन् ।
खाडीका दूतावासहरुले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन् ।
जसमा ८ सय फौजदारी अभियोगसँग जोडिएका छन । बाँकी कम्तीमा दुई सय घरफिर्ती केन्द्रमा नेपाल आउने दिनको कुराईमा छन् ।






