प्रधानमन्त्रीको आधिकारिक वेबसाइट सुरु

1457013510011_Pro_Ktm_ NC 13 Congress (1)काठमाडौं- नेपालका प्रधानमन्त्रीको आधिकारिक वेबसाइट बिहीबारदेखि सार्वजनिक भएको छ।

www.opmcm.gov.np /pm मा लगइन गरी हेर्न सकिन्छ। वेबसाइटमा प्रधानमन्त्रीसँग सम्बन्धित जानकारीहरु हासिल गर्न सकिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।

वेबसाइटमा २०४६ सालपछिका प्रधानमन्त्रीहरुबारे संक्षिप्त जानकारी समेत राखिएको छ। ‘नेपालका अहिले सम्मका सबै प्रधानमन्त्रीहरूका बारेमा जानकारी गराउने उद्देश्य हामीले लिएका छौ,’ दाहालले भने, ‘यस सम्बन्धी थप व्यबस्था क्रमशः गर्दै लगिने छ।’