काठमाडौँ । पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिस गरेका छन्। उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइदैछ।
सविधानको कुन धारामा टेकेर सिफारिस भएको भन्ने खुलेको छैन। तर प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले दिएको छैन ।






