पहिरोले बगाएर माइक्रोबस तिनाउ नदीमा खस्यो

index

२३ साउन, पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत माथिल्लो सिद्धबाबामा खसेको पहिरोले माइक्रोबस बगाएर तिनाउ नदीमा पुर्‍याएको छ ।

पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५७१७ नम्बरको माइक्रोबस पहिरोमा परेर तिनाउ नदीमा खसेको हो । पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

माइक्रोमा कति यात्रु थिए खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।