लण्डन । विनम्र सुवेदीको आवाजमा नयाँ नेपाली म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
हेर्ने आँखा बोलको उक्त गीत विनम्रकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हेर्ने आँखा सुन्दर भए संसारै उज्यालो बन्ने भन्दै उक्त गीतले मनको कालोमैलो हटाएर अघि बढ्न समेत प्रेरणा दिएको छ । ‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अध्यारो छ भने त, पहिला कहाँ पर्छ दियालो ?’ उक्त गीतमा भनिएको छ ।
डि.पी खनालको शब्द रहेको गीतमा सुवास जोशीको संगीत रहेको छ । फील स्टूडियोमा रेकर्ड गरिएको छ भने कुमार केसीले मिक्स गरेका हुन् ।
नेपालमा जन्मिएर सानै उमेरमा गीत गाएका विनम्रको स्वरमा रहेको यस गीतले चर्चा पाउनेमा रचनाकर्ता आशावादी देखिएका छन् ।
हेरौँ भिडियो






