लन्डन । एनआरएनए को सातौं महाधिवेशनमा युरोप क्षेत्रीय संयोजकका प्रत्यासी कुल आचार्यलाई शुभकामना दिन लन्डनमा विशेष कार्यक्रम भएको छ ।
युवा उद्यमी रवि लामिछानेले नौलो शुरुवात गर्दै आचार्यकै लागि आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा आचार्यले जितेकै जस्तो बधाइ र शुभकामना पाए । कार्यक्रमस्थलमा उनलाई टिका र खादा लगाउनेको भीड जति थियो, शुभकामना र अग्रिम बधाइ दिने वक्ता पनि त्यति नै थिए । एनआरएनए यूके अध्यक्ष देखि बेलायतमा रहेका आइसीसी सल्लाहकार, वुद्धिजिवी लगायतले आचार्यलाई खुलेर समर्थन गरे ।
एनआरएनए यूके पूर्व महासचिव रामशरण सिम्खडाले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, बेलायतका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, एनआरएनए आइसीसी सल्लाहकारहरु मेजर रि. डमर घले र विश्व आदर्श पण्डित, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष कुमारी गुरुङ, महासचिव विजय विक्रम लिङ्देन, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, वुद्धिजिवी डा. राघवप्रसाद धिताल,प्रा. डा. सूर्य सुवेदी,तमुधिं यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ लगायतले आचार्यलाई शुभकामना दिंदै बेलायतबाट प्रतिनिधित्व गर्नेहरुको जित समस्त बेलायतवासी नेपालीको जित हुने उल्लेख गरे । 


बेलायत एनआरएनले विश्व सम्मेलनमा एकता प्रस्तुत गर्नुपर्नेमा जोड दिंदै केही वक्ताले विगतमा आफ्नै साथीहरुप्रति घात भएको दृष्टान्त विपरित अब एनआरएनए बेलायत समिति दरो शक्तिका रुपमा उदाउनुपर्ने खांचो औंल्याए , आचार्यसहित बेलायतबाट आइसीसी उपाध्यक्षमा लड्ने घोषणा गरेका लक्ष्यबहादुर गुरुङ, सचिवका प्रत्यासी सुरेन्द्र श्रेष्ठ र युरोप सहसंयोजक पदका प्रत्यासी थर्क सेनलाई समेत अग्रिम शुभकामना दिएका थिए, भिडियो।
http://youtu.be/VOnzGmIAARw






