गुल्मीमा वस दुर्घटना, पाँचको मृत्यु १९ घाईते

d  8गुल्मी, १८ असौज ।  गुल्मीको सदरमुकाम तमघास नजिकै वस दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको छ । वुटवलबाट तम्घास जाँदै  गरेको लु १ ख ४१६१ नम्वरको वस उर्लेनीको बिश्वकर्मा मन्दिर नजिकै घुम्तीमा दुर्घटना हुँदा अन्य १९ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा तम्घासको भुजेलखर्क निवासी सडक विभागका सुपरभाईजर अन्दाजी ५० वर्षिय रोहित मरासीनी , भुजेलखर्ककै अन्दाजी २५ वर्षिय कर्णबहादुर चुँदारा , दुविचौरका ५० वर्षिय टामबहादुर बिश्वकर्मा रहका छन् । एक जना वालक सहित दुई जनाको नाम खुल्न सकेको छैन् । प्रहरी निरीक्षक रामप्रसाद पौड्यालका अनुसार  १९  जना घम्भीर घाईते भएका छन् ।  उनिहरुलाई उपचारका लागि तम्घास पठाउने काम सशस्त्र प्रहरी र जनपथ प्रहरीले गरेको छ ।
प्रत्यक्षदर्शी खुमबहादुर खत्रीका अनुसार तिव्र गतिका कारण दुर्घटना भएको हो । ‘बस तिव्र गतीमा  आई रहेको थियो, एकैछिनमा भरबाट खस्यो ।’  दुर्घटनाको केहीबेर अघिमात्र नजिकैको विसौनीमा यात्रुहरुले  वस विस्तारै चलाउन ड्राईभरलाई सुझव दिएको तर दुई वजे तम्घास पुग्नै पर्छ भन्दै उनले वस झन  तिव्र गतीमा चलाएका थिए ।
वस करिव दुई सय मिटर तल खसेको छ ।    मृतक वालककी आमा भने जिवितै रहेकी छन् । नाम खुल्न नसकी  ति आमाको काँख संगै ति वालक मृत फेला परेको खत्रीले बताए ।