लन्डन ।बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि जितेकी सन्नी शाही ४५ औं मिसेस् युनिभर्स सौन्दर्य प्रतिस्पर्धामा सहभागी हुन बुल्गेरिया जाने भएकी छिन् । लन्डन फेसन हाउसले आयोजना गरेको उक्त प्रतियोगितामा उपाधि जितेकी शाही नेपालको प्रतिनिधित्व गर्दै उता ३० जनवरीमा जान लागेकी हुन् ।

बुल्गेरियाको सोफियामा ४ फेब्रुअरीमा मिसेस् युनिभर्स ग्रान्ड फिनाले हुँदैछ । मिसेस् नेपाल युनिभर्स २०२२ आयोजक लन्डन फेसन हाउसकी निर्देशक तथा टुडेज वुमेन्स अध्यक्ष मनिषा डंगोल र आयोजक कमिटीकी सन्तोषी कार्की पनि केही दिन पछि सन्नीलाई हौसला दिन बुल्गेरिया जाने योजना छ ।

लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले इभेन्ट सफल बनाउन सघाउने अफिसियल पार्टनर ट्राभलमा उत्कृष्ट सेवा र सुविधा दिदै आएको ट्राभल कन्सोलका विराज भट्ट, बेलायतका नेपालीमाझ विश्वसनीय गहना पसलका रुपमा लोकप्रिय न्यू लक्ष्मी ज्वेलर्सकी प्रबन्ध निर्देशक सञ्चालिका व्यवसायी लक्ष्मी राई र अफिसियल मिडिया पार्टनमा लन्डन नेपाल न्युजका प्रधान सम्पादक शिब भण्डारी लगायत सबै सहयोगी र शुभ-चिन्तकहरुमा आभार व्यक्त गरेकी छन् ।
यस अघि ‘मिसेस् नेपाल युनिभर्स २०१७ की विजेता आस्था जोशी बटाजु र २०१८ की विजेता बिनु लामिछानेले ‘मिसेस् नेपाल युनिभर्स’को उपाधि जितेर ताज पहिरिएका थिए ।
बेलायतमा रहेका नेपाली विवाहित महिलाहरुको आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता गरिदै आएको छ।






