नग्न फोटोमा मग्न किम

हलिउड अभिनेत्री किम कार्दसिया विभिन्न अभिव्यक्तिबाट पटकपटक चर्चामा आउने गरेकी छिन्। केही समयअघि मात्र न्युड फोटो सुटबाट र भर्खरै बिगबोस ८ मा इन्ट्रीको विषयमा चर्चामा आएकी यी अभिनेत्रीले फेरि एक पटक सञ्चारमाध्यमको ध्यान तानेकी छन्।

उनले भविष्यमा आफ्नी छोरी नर्थ वेस्टले न्युड फोटो खिचाउन चाहे आफूलाई कुनै समस्या नहुने अभिव्यक्ति दिएकी छन्। अहिले उनकी छोरी डेढ वर्षकी भइन्। :यापर केन्या वेस्टसँग विवाह गरेकी किमले एक रेडियो अन्तर्वार्तामा यस्तो अभिव्यक्ति दिएकी हुन्। छोरीको प्रसंगसँगै उनले आफ्नो शरीर सेपमा रहुन्जेल न्युड फोटोसुट गराउने पनि बताइन्।-एजेन्सी