तनावमा वियोन्स

विश्वविख्यात पपगायिका वियोन्सले नयाँ एल्बमका लागि तयार पारेको गीत ‘रिङ अफ’ सार्वजनिक गर्नुअगावै बाहिरिएपछि उनी तनावमा परेकी छन्। समाचारस्रोतका अनुसार पति ज जेडसँग सम्बन्ध बिग्रिएपछि वियोन्सले त्यो भावनालाई गीतमा व्यक्त गरेकी छन्।

सन् १९९७ देखि गायन करिअर सुरु गरी विश्वविख्यात बन्न सफल भएकी उनले केही समयको अफेयरलाई सार्थक बनाउँदै अमेरिकी :यापर एवं हिपहप गायक ज जेडसँग सन् २००८ मा विवाह गरेकी थिइन्।

विवाहको चार वर्षपछि सन् २०१२ मा एक छोरीलाई जन्म दिइन्। प्रेमसम्बन्धदेखि दाम्पत्य जीवनमा प्रवेशसम्ममा कन्सर्टका लागि विभिन्न समय विश्वभ्रमण गरेका उनीहरूको पछिल्लो समयमा सम्बन्ध बिग्रिएको बताइएको छ।

१७ वटा ग्रामी अवार्डका साथै बेस्ट सेलिङ म्युजिक आर्टिस्ट, बेस्ट सेलिङ सिंगल अफ अल टाइम वल्र्डवाइड, इन्टरनेसनल आर्टिस्ट अवार्ड, विलवर्ड मिलेनियमजस्ता अवार्ड प्राप्त गरिसकेकी वियोन्स अभिनयमा पनि त्यत्तिकै सफल मानिन्छिन्। एजेन्सी