कम्युनिस्ट नेताहरुलाइ सुझाव

डा,गोपाल पौड्याल

13235899_222971064749635_665986708_n[1]राजनितिक संगठन भनेको के हो ? राजनितिक संगठन भनेको विचारलाई जनता बीचमा पुर्याउने सशक्त साधन हो । तपाइहरुले नयाँ संगठनात्मक सिद्धान्तको कुरा गरिरहँदा सन् १९०३ मा क.लेनिनले विकास गर्नुभएको संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउन जरुरी थियो किनकी बैज्ञानिक सोचाइ सोच्न सक्ने क्षमता को बिकास गर्न सक्नु भएन न त तपाइहरुमा त्यो क्षमता नै थियो।

लेनिन भन्नुहुन्थ्यो– ‘कम्युनिष्ट पार्टी नेतै–नेताहरुको पार्टी हो ।’ त्यसैले कम्युनिष्ट पार्टीलाई अग्रदस्ता (Vanguard) को पार्टी बनाउँदै आउने काम भएको छ । कम्युनिष्ट पार्टीको सञ्चालन विधि मुलतः जनवादी केन्द्रियतामा आधारित हुनेगर्दछ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको मातहत र केन्द्रीय कमिटी महाधिवेशनको मातहत रहनुपर्ने भन्ने जनवादी केन्द्रियताको चार सूत्र हुन् तर केन्दृय कमिटिको महाधिबेशन नाममात्रको एक्लौटी हुने गरेकोछ ।के यो तानाशाहीपन होइन भन्ने कुनै बैज्ञानिक आधार छ? मैले बुझेको कम्युनिष्ट पार्टीको सदस्य बनिसकेपछि ऊ कुनै पनि कमिटीमा अनिवार्यरुपमा आबद्ध हुनुपर्ने, लेवी अनिवार्य तिर्नुपर्ने पार्टी कार्यक्रममा सक्रियतापूर्वक अनिवार्य सहभागी बन्नुपर्ने जस्ता संगठनात्मक सिद्धान्तहरु सन् १९०३ मा सूत्रबद्ध गरिएको थियो ।

आजको कम्युनिष्ट पार्टी लेनिनकालीन अग्रदस्ताको अवधारणानुसार निर्माण र परिचालन गर्न संभव छैन भन्नेकुरो बुझ्नुहोस । अग्रदस्ता (Vanguard) + स्वयंसेवक (Vanguard) को सन्तुलन मिलाएर पार्टी निर्माण गर्नुपर्दछ । तसर्थ, कम्युनिष्ट पार्टी नेतैनेताहरुको पार्टी भन्ने लेनिनको अवधारणा संभवतः आज असान्दर्भिक भइसकेको छ । प्रत्येक पार्टी सदस्य कुनै न कुनै कमिटिमा कमिटेड हुनैपर्ने अवधारणाबाट पार्टीलाई खुकुलो बनाउनुहोस।विचार अनुसारको संगठन बनाउन सक्नुभएन भने अन्ततः विचारलाई संगठनले निलिदिन्छ र विचार असफल हुन्छ । दुनियाँभरिका कम्युनिष्ट पार्टीहरु एकपछि अर्को गर्दै असफल हुनाको एउटा मुख्य कारण यही हो ।

मेरो बिचारमा अबको युगको नेतृत्व गर्न विचार, संगठन र नेतृत्वको एउटै प्याकेजमा विकास गर्नुपर्दछ । तपाइहरुले बुझ्नु पर्ने कुरा के हो भने हिजो सन् १९०३ को समाजमा रहेका सामाजिक वर्गहरुबीचको अन्तरसंघर्ष र अन्तरसम्बन्ध अनि आज हामी बाँचिरहेको समाजको सामाजिक वर्गहरुबीचको अन्तरसंघर्ष र अन्तरसम्बन्ध उस्तै छन् त ? छैनन नि!हिजो लेनिनले भन्नुभएको साम्राज्यवादको चरित्र र आज हामी बाँचिरहेको दुनियाँको साम्राज्यवादको चरित्रमा फेरबदल आएको छ कि छैन ? पक्कै आएको छ । तपाइहरुकै वैचारिक क्षेत्रमा मार्क्सवाद विकास भएर लेनिनवाद, लेनिनवाद विकास भएर माओवाद र यसले पनि नपुगेर विचारको विकास गर्नुपर्छ भनेर लागिपर्ने तर त्यही विचारलाई जनताबीच लागू गर्ने साधन संगठनको चाहीँ विकास गर्नु नपर्ने हुन्छ ? १९०३ मा लेनिनले संश्लेषण गर्नुभएको संगठनात्मक सिद्धान्त, के आज जस्ताको तस्तै लागू हुनसक्दछ ?

आजसम्मको कम्युनिष्ट पार्टीहरुको समग्र निर्माण प्रक्रिया र सञ्चालन विधि मूलतः मेरो बुझाईमा आदेशपालक सिपाहीहरुको पल्टन जस्तो छ । तपाइहरुले बनाउन चाहेको कम्युनिष्ट पार्टी अनुशासित, सिर्जनशील र आलोचनात्मक चेतसहितको हो कि तानाशाही ? तपाइहरुमा एउटा ठूलो भ्रम के रहँदै आएको छ भने, आदेशको पालना गर्नु र अनुशासित हुनु एउटै कुरा हो । के साँच्चै आदेशको पालना गर्नु र अनुशासित हुनु एउटै कुरा हो त ? किमार्थ होइन ।किनकि, आदेशको पालना गर्न मस्तिष्कको आवश्यक्ता पर्दैन, तर अनुशासित बन्न मस्तिष्कको आवश्यक्ता पर्दछ । मस्तिष्कको सक्रियताबिना हामी अनुशासित हुनसक्दैनौं । अनुशासित हुनु भनेको आफैंले आफैंलाई शासन गर्ने भनेको हो । आफैंले आफैंलाई शासन गर्ने कुरा अत्यन्तै कठिन कुरा हो । यो कठिन कुरा कम्युनिष्टहरुले गर्नसक्दछन् र गर्नुपर्दछ भनिएको हो ।खोइ अनुशासन तपाइहरुमा? जनताको सियो सम्म पनि लिनु हुन्न भन्ने माओको आदेश माओबादी हरु बाटै बेवास्ता गर्दै हज्जारौ हजार जनताको घरबारी लुट्ने चन्दा आतन्क गर्ने र जनतालाइ दुख दिने काम जो गर्नुभो र आफुलाइ शक्तिशाली रोबर्ट मुगाब्बे बनाउदै अति केन्दृकृत शासन लाद्नुभो अति केन्द्रीकृत संरचना आजको प्रतिस्पर्धात्मक खुला समाजमा स्वीकार्य हुँदैन भन्ने सोच्न सक्नु भएन त्यसैले न कार्यकर्ता हातमा रहे न जनता ।

हिजो यो बिषयमा लेनिन र रोजाको बीचमा पनि ठूलो बहस चलेको थियो । रोजाले स्वेच्छिक अनुशासनको कुरा गर्नुभएको थियो । अब आदेशपालक बाट अनुशासित, सिपाहीबाट सिर्जनशील कार्यकर्ता र फौजी पल्टनबाट आलोचनात्मक चेतसहितको पार्टी बनाउनुहोस ।