ल्होछार विशेष गीत”डम्फु ह्राब्सि ”सार्वजनिक

काठमाडौं । ल्होछार विशेष गीत ” डम्फु ह्राब्सि ” सार्वजनिक भएको छ । तामाङ समुदायले मनाउने महत्वपूणर् चाड ल्होछारलाई मध्येनजर गरी उक्त गीत सार्वजनिक गरिएको हो ।

तामाङहरुको महान चाड २८५८ औं ( ता ल्हो ) ल्होछार नजिकिदैछ । चर्चित गायक तथा संगितकार विशाल काल्तान र चर्चित गायिका जितु लोप्चनको स्वरमा रहेको ल्होछार गित ” डम्फु ह्राब्सि ” सार्वजनिक गरिएको हो ।

उक्त गीत गायक तथा सगींतकार विशाल काल्तानको आफ्नै युट्युब च्यानल बिशाल काल्तान युटुब च्यानलबाट लिरिकल भिडियो सहित सार्वजनिक गरिएको छ ।

हाल अष्ट्रेलियामा रहेकी नव शव्दकार अनु लामाको शव्द एवम् प्रस्तुतीमा रहेको उक्त गीत नयाँ ल्होछारको शुभकामना स्वरुप दर्शक स्रोता माझ ल्याएको गायक विशाल काल्तानले बताए ।

शव्दकार अनु लामाको पहिलो प्रस्तुती स्वरुप तयार भएको गीतमा अनु लामाको शव्द ,विशाल काल्तानको सगींत सयोंजन रहेको छ । त्यस्तै गीतको एरेन्ज तथा मिक्सिङ दिपेश प्रधानले गरेका छन् । उक्त गीतलाई HD Studio र Deep Studio बौद्द काठमाडौंमा रेकर्ड गरिएको हो ।

यस्तो रहेको छ सार्वजनिक गरिएको गीत