नेप्लिज वुमन हेल्पिंग ह्याण्ड्स वेम्ब्ली’ युकेले मनायो हरितालिका तीज

लण्डन । नेप्लिज वुमन हेल्पिंग ह्याण्ड्स वेम्ब्ली’ युकेले हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ।

अगष्ट ३० तारिखमा लण्डन अल्पर्टनस्थित सनातन हिन्दु मन्दिरको गोकुल हलमा पुजाआजा नाचगान लगातका अन्य रमाईला कार्यक्रमको आयोजना गरि तीज पर्व मनाईएको हो ।

कोरोना महामारीका कारण विगत दुई वर्ष तीज कार्यक्रम आयोजना नभएतापनि यस वर्ष विशेष कार्यक्रम सहित भव्य रुपमा तीज पर्व मनाईएको नेप्लिज वुमन हेल्पिंग ह्याण्ड्स वेम्ब्ली’बिनु भट्टराईले लन्डन नेपाल न्युज लाई जानकारी दिईन्।

कार्यक्रममा नेपाली महिलाहरुले तीजको अवसर पारेर कला र संस्कृति संरक्षण गरेको भन्दै प्रशसां व्यक्त गरेका थिए । ब्रेन्टका पूर्व मेयर भगवानदास र ब्रेन्टका पूर्व काउन्सिलर उमा फर्नान्डीस लगायतको पनि सहभागीता रहेको थियो । कार्यक्रममा वेन्ब्ली वरपर देखि पीटर बरो, पल्बस्ट्टि, स्लाउसम्मका भण्डै २ सय जना महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो ।

तीज पूजाको महिमाको बारेमा अन्जन्नय क्लबका अध्यक्ष चन्द्रकला सखीले प्रकाश पारेकी थिईन् । भने अर्जुन गुरुले पुजाआजा गरेका थिए । कार्यक्रममा उपस्थित महिला दिदी बहिनीहरुले तीज मार्फत आफ्ना पीडा बेदना साटासाट गर्दै मौलिक गीतसगींतमा नाचगान गर्दै रमाईलो गरेका थिए ।

आयोजकले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभार एवम् धन्यवाद व्यक्त गरेको छ ।