लण्डन । बेलायतमा रहि अभिनयको क्षेत्रमा समेत लगाव दिदै आइरहेका मोडल विकेशराज बस्नेतको अभिनयमा ‘चोखो माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक आवेश कुइंकेलको आवाजमा रहेको उक्त गीत बेलायतका विभिन्न ठाँउहरुमा छायांकन गरिएको छ । विकेश बस्नेत र कविता बिष्टको अभिनय रहेको उक्त भिडियो बेलायतबाटै सार्वजनिक भएको हो ।
गायक कुइंकेलकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको शब्द रबिन्द्र (रबि) मल्लले गरेका छन् भने एरेन्ज कल्याण सिंह, दिनेश श्रेष्ठले गरेका छन् । लुमन स्थापितले गिटार तथा संजीव मैनालीले बाँसुरीको संगीत भरेका छन् ।
बेलायतमा नै आफ्नो कर्मथलो बनाएका आशिष श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेको उक्त भिडियोलाई भ्यालेन्टाइन स्पेशलको रुपमा सार्वजनिक गरिएको हो ।
मोडल विकेशले बेलायतमा करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन्। उक्त गीतले हेरेर सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन मोडल बस्नेतले आग्रह गरेका छन् ।
हेरौँ भिडियो






