लन्डन दूतावासबाट प्रशंसापत्र प्रदान (भिडीयो सहित)

शिव भण्डारी,

लण्डन ।  भूकम्पपीडितको सहयोगार्थ लण्डन दूतावासले स्थापना गरेको राहत कोष मार्फत र्आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघसंस्था र स्वयंसेवकहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । aja 2

भूकम्प लगत्तै कार्यवहाक राजदूत क्षेत्रीको संयोजकत्वमा गठन गरिएको नेपाल ब्रिटेन उद्दार तथा राहत कोषमा सहयोग पठाउने दाताहरुलाई क्षेत्रीले सम्मान गरेका हुन् । उक्त कोषमार्फत प्रधानमन्त्री राहत कोषमा करिव ५ करोड १५ लाख रुपैयां पठाइसकिएको छ । 

आइतबार सांझ दूतावासमा आयोजित एक विशेष समारोहमा सहयोगदाता विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

कार्यक्रममा मुल समितिका संयोजक क्षेत्रीले भूकम्पपछि नेपालको अवस्था र ब्रिटेन तथा युरोपेली मुलुकको सहयोगबारे समेत चित्रण गरेका थिए । उनले अब बेलायतवासी नेपालीको पुनर्निर्माणमा साथ हुने अपेक्षा पनि व्यक्त गरे । कोष अन्तर्गत बनेको आर्थिक समितिका संयोजक सूर्य गुरुङले सबैप्रति आभार व्यक्त गरे । उनले सरकारभन्दा माथि अरु कुनै निकाय नहुने प्रष्ट्याउंदै दूतावासको कोषप्रति नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । गुरुङले अप्ठेरो परिस्थितिमा बेलायतको नेपाली डायष्पोराको योगदानको प्रशंसा पनि गरे ।

इन्जिनियर राजेश पाठकले सञ्चालन गरेको कार्यक्रममा पण्डित निलहरि घिमिरेले गायत्री मन्त्र उच्चारण गरेका थिए भने राष्ट्रिय गीत प्रसारण  र मौनधारण समेत गरिएको थियो । उक्त अवसरमा डा. भोला रिजालको लेखन र सपन राईको गायन रहेको गीत तथा वी वील राइज… नामक अर्को राष्टिय गीतको भिडियो समेत देखाइयो ।

आयोजित एक समारोहमा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि साक्षी राखेर वार्षिक प्रतिवदन प्रस्तुत गर्दै थिए ।  मिहेनतसाथ तयार गरिएको स्लाइड शोमार्फत क्षेत्रीले दूतावासले गरेका वर्षदिन भरिका कार्य प्रगति विवरण पेश गरे ।  बेलायती उच्च ओहोदाका राजनीतिज्ञहरुबाट भएको नेपाल भ्रमणबारे पनि उल्लेख गरे । दूतावासले पर्यटन तथा व्यापार वृद्धि, नेपालमा बेलायती लगानी भित्र्याउन भएको पहल, बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २ सय वर्ष गांठ मनाउन भइरहेका विभिन्न गतिविधि, दूतावासबाट विभिन्न समारोहमा भएको सहभागिता आदिबारे पनि प्रष्ट्याए ।

भूकम्पपछि दूतावासले आइसल्याण्ड र आयरल्याण्डमा बेग्लाबेग्लै पर्यटन प्रवर्धन कार्यक्रम गरेका अवगत गराउंदै कार्यवहाक राजदूत क्षेत्रीले अब बेलायतस्थित नेपाली डायष्पोरा आक्रामक रुपमा पर्यटक नेपाल भित्र्याउन लाग्नुपर्नेमा जोड दिए ।क्षेत्रीले सबैको सहयोगको दूतावासले उच्च मुल्यांकन गरेको बताउंदै सहयोगदातालाई धन्यवाद व्यक्त गरे ।Aja 1