संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षण गराउन नाकाबन्दी बिरुद्ध मानव साङलो

Un-ban-ki-moon

काठमाडौँ- मङ्सिर १४ गते ‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने नारा साथ सिंहदरबारदेखि युएन पार्क पुल्चोकसम्म मानव साङलो कार्यक्रम गरिने भएको छ ।

कवि, लेखक, पत्रकार, बुद्धिजीवी र विद्यार्थी नेताको सहभागितामा ‘राष्ट्रिय स्वाधीनता अभियानले मानव साङ्लोमा सहभागिता जनाऔँ भारतीय नाकाबन्दीका विरोध गरौं’ भनेर सो अभियानमा संलग्न हुन सबैलाई आह्वान गरेको छ । दिनको २ देखि ३ बजेसम्म सडकका दुवै किनारामा मानव साङ्लो निर्माण गरिनेछ ।

मानव साङ्लो निर्माणसँगै अभियानले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्याका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिइयो ।