![]()
भारतको रुपैडिया नेपालगन्ज नाका सहज भन्दै गएको छ। आज बिहानैदेखि सहज रुपमा पेट्रोलियम पदार्थका ट्रयाङकर र मालबाहक ट्रकहरु नेपाल भित्रिरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।
आज डिजेलका २७ ट्रयाङकर सहित ६७ ट्रक नेपाल भित्रिसकेका छन्। ग्यासका ६ वटा बुलेटसहित दर्जनौ ट्रकहरू नेपाल भित्रिने क्रममा रहेका छन्।
हिजोदेखि नेपालगन्ज नाकाबाट सहज रूपमा डिजेलको आपूर्ति हुन थालेपछि आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जले बाँके र बर्दियाका ९०प्रतिशत भन्दा बढी पेट्रोल पम्पहरुलाई आजै साझ करिब २ लाख ८४ हजार लिटर डिजेल बितरण गर्ने भएको छ।
त्यसै गरी नेपालगन्ज नाकाबाट नेपाल भित्रिने क्रममा रहेका ६ वटा ग्यासका बुलेटहरुलाई काठमाडौं पठाउने तयारी भईरहेको प्रमुख श्रेष्ठले बताए।






