लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग भेट गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई तीव्रता दिएका गाहामगरले लामिछानेसंग भेट गरि विभिन्न विषयमा छलफल गरे ।
अभ्यक्ष गाहामगरले पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने लाई बेलायत भ्रमणका लागि निम्ता गर्दै वंशजको नेपाली नागरिकता निरन्तरता,गोर्खा समस्या समाधान,प्रवासका नेपालीको मताधिकार लगायत एनआरएनका गम्भीर बिषयका सबालमा ४५ मिनेट लामो भेटवार्ता संवाद गरेको बताए ।
गाहामगरले २० वर्षको नेतृत्व दौडान एनआरएनए नेताहरुले प्रभावकारी काम गर्न नसक्दा तपाईंले यस्तो सास्ती बेहोर्नु परयो भन्ने समेत स्मरण गराएका थिए । ‘देशको परिस्थितिको गम्भीरतापूर्वक विश्लेषण गर्न जरुरी भएको’ले रबि लामिछाने लाई आफ्नो साथ रहेको अभ्यक्ष गाहामगरले बताए।
गाहामगरले लामिछाने जस्ता युवा र भिजन भएका नेताहरु देशले अपेक्षा गरेको भन्दै राजनीतिक यात्रामा हरेस नखाई अगाडि बढ्न शुभकामना दिएको बताए । नेता लामिछानेले आफू पनि विदेश बसेर फर्किएकाले प्रवासका नेपालीको मुद्दा प्राथमिकताका साथ उठाउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

लामिछानेले गोर्खाहरु बेलायत नेपाल सम्बन्धका प्रमुख आधार भएको र उनीहरुको विषय राष्ट्रिय समस्या भएकाले यस मुद्दातर्फ गम्भीर भएर लाग्ने प्रण गरेको पनि गाहामगरले जनाए । गाहामगरले सोही पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंलाई पनि भेटेर समसामयिक विषयमा छलफल गरेका थिए।






