काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।
सम्पन्न मतपरिणाम अनुसार समानुपातिक तर्फपनि नेकपा एमाले नै पहिलो दल बनेको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमाले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएर पहिलो दल बनेको छ ।
यस्तै नेपाली कांग्रेस ३१ लाख २८ हजार ३ सय ९८, नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएर तेस्रो दल बनेको छ ।
राजपाले ४ लाख ७२ हजार २ सय ५४ मत र संघीय समाजवादी फोरम ४ लाख ७० हजार २ सय १ मत ल्याएका छन् । विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६३ र राप्रपाले १ लाख ९६ हजार ७ सय ८२ मत पाएका छन् ।
राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३ सय ७७, नयाँ शक्तिले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३३ मत पाएका छन् । राजपा नेपाल र विवेकशिल साझाले थ्रेसहोल्ड कटाउन सकेनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन् ।






