प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

Deuba-Oliकाठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सभापति पदमा विजयी भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवालाई खादा लगाइदिएर सफल कार्यकालका लागि शुभकामना दिएका छन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका एजेण्डाका बारेमा देउवालाई जानकारी गराएका थिए ।