काठमाडौँ : चाडवाड नजिकिंदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा विभिन्न नयाँ नयाँ गीत सङ्गीतहरुको सार्वजानिक हुने क्रम बढिरहेको छ ।
यसैबीच भर्खरै मात्र गायक शेखर च्यान लामाको स्वरमा रहेको गजल गीत केही नबोलीको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
अहिलेको निकै चर्चित र ब्यस्त मोडेल बिनोद न्यौपाने र एलिशा राइद्वारा अभिनित यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका छन् ।
साहस शाक्यको शब्द संगीत तथा संगीत संयोजनमा तयार पारेको म्युजिक भिडियोमा फोटोपत्रकार गुरुङको निर्देशन तथा छायांकन शैली निकै नै उत्कृष्ट देखिएको छ ।
म्युजिक भिडियोमा मोडलद्वय बिनोद र एलिशा रार्इको अभिनय पनि निकै प्रशंसनीय देख्न सकिन्छ ।
नेपाली म्युजिक भिडियोमा एक समय एकछत्र राज गरेका म्युजिक भिडियो निर्माता तथा सम्पादक मोक्ष प्रोडक्सनका निर्देशक प्रविन श्रेष्ठले यस म्युजिक भिडियोलाई सम्पादन गरेका छन् ।
म्युजिक भिडियो छोटो अनि मिठो छ । भिडियो हेर्दा हेर्दै सकिएको पत्तै पत्तै पाइदैन भन्दै म्युजिक भिडियो असाधयै उत्कृष्ट बनेको सम्पादक प्रविन श्रेष्टले बताए ।






