नेपाल उठाउन हङकङमा धमाका (फोटो फिचर)

we-will-rise-program-in-Hongkkong-9

काठमाडौं :  ‘हामी उठ्ने छौं’ अभियानको पहिलो कार्यक्रम हङकङमा भव्यताको साथ सम्पन्न भएको छ । नितान्त फरक र विशेष’ भनिएको कार्यक्रममा नेपालबाट आएका कलाकारहरुले धमकेदार प्रस्तुुती दिएका थिए । कार्यक्रममा भूकपम्ले क्षतविक्षत नेपाललाई पुनः उठाउने संकल्पको साथ चर्चित कलाकारहरुले आआफ्नो प्रस्तुती दिए ।

कार्यक्रममा भूषण दाहालले नायक राजेश हमालसँग आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘फायरसाईड’ संचालन गरेका थिए । दर्शकको सामुन्ने भएको उक्त कार्यक्रम दर्शकले नौलो मानेका थिए ।  नायक सरोज खनाल र सदाबहार नायिकाको उपमा पाएकी करिश्मा मानन्धरले गीति नाटक ‘प्रियसीका यादहरू…मञ्चन गरेपछि कार्यक्रममा बेग्लै रौनक थप्यो ।

we will rise program in Hongkkong (14)

हामी उठ्ने छौं अभियानमा नव–प्रतिभाका रुपमा छनौट भएकी १२ बर्षिया पूजा राना मगरले राष्ट्रिय भावनाले ओतप्रोत गीतमा प्रस्तुत गरेको नृत्यले सुरुमै दर्शकको मन जितेको थियो । पछिल्लोसमय चलचित्र निर्देशनमा समेत जमेका दिनेश डिसीको उद्घोषण कलाले दर्शकहरूले हाँस्य आनन्द पाएका थिए ।

नायक सरोज खनाल र सदाबहार नायिकाको उपमा पाएकी करिश्मा मानन्धरले गीति नाटक ‘प्रियसीका यादहरू..’ मञ्चन गरेपछि कार्यक्रममा बेग्लै रौनक थप्यो ।

हामी उठ्ने छौं अभियानमा नव–प्रतिभाका रुपमा छनौट भएकी १२ बर्षिया पूजा राना मगरले राष्ट्रिय भावनाले ओतप्रोत गीतमा प्रस्तुत गरेको नृत्यले सुरुमै दर्शकको मन जितेको थियो । पछिल्लोसमय चलचित्र निर्देशनमा समेत जमेका दिनेश डिसीको उद्घोषण कलाले दर्शकहरूले हाँस्य आनन्द पाएका थिए ।

नाट्यकर्मीद्वय सरिता गिरी र सरोज खनालले प्रस्तुत गरेको ‘हाम्रो आवाज’ नाटकले हङकङेली दर्शकलाई पटक–पटक भावुक बनायो । ‘एक नेपाली जो जहाँ भएपनि’, भन्ने अभियानकै थिममा बोकेको नाटकले मुलुकका लागि केही गर्नुपर्छ भन्ने सार बोकेको थियो ।

अभिनेत्री सुष्मा कार्कीले ‘हिमाललाई ढाक्यो कान्छा… बोलको सालिन गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । दर्जनौं पटक कभर गीत बनेको रेशम फिलिलिको पिरतीको छाता ओढौंन गितमा सोही चलचित्रका नायक विनय श्रेष्ठ र नायिका मेनुका प्रधानले पहिलो पटक स्टेजमा प्रस्तुती दिएका थिए । आफ्नो गीतमा दर्शकलाई नचाउन सक्ने क्षमता राख्ने गायिका कोमल ओलीले केहीलाई स्टेजमै बोलाएर नचाईन् ।

गायक दीपक लिम्बूको ‘यहाँ देशको छ चिन्ता…..’, गीतले दर्शकलाई भावुक बनाएको थियो । ‘रातो टिका निधारमा टलक्कै टल्कियो…..’गीत पृष्ठभूमिमा बज्यो । महानायक राजेश हमाल स्टेजको कुनाबाट फुक्त निस्किए । उनीसँग कुम जोड्न आइपुगिन सरिता गिरी र सुष्मा कार्की । चर्को ताली र हुटिङले हल गुन्जाएमान भयो ।

हङकङ नेप्लिज् तेक्वान्दो एसोसियसनद्वारा आयोजित कार्यक्रममा दर्शकको सहभागिता पनि विशेष रह्यो । सहभागी दर्शकले गुरुङ, राई, लिम्बू, मगर, नेवार, तामाङ, शेर्पा लगायतका राष्ट्रियता झल्कने पहिरनमा सहभागी भएका थिए भने भूतपूर्व बिट्रिस र भारतीय गोर्खाहरू पनि एकैखाले पहिरनमा कार्यक्रम हेर्न सहभागि भएका थिए ।

we will rise program in Hongkkong (5)

we will rise program in Hongkkong (4)

we will rise program in Hongkkong (1)

we will rise program in Hongkkong (2)

we will rise program in Hongkkong (6)

we will rise program in Hongkkong (7)

we will rise program in Hongkkong (8)


we will rise program in Hongkkong (10)

we will rise program in Hongkkong (12)

we will rise program in Hongkkong (13)we will rise program in Hongkkong (1)

we will rise program in Hongkkong (15)

तस्बीर :  बिभिन्न व्याक्तिहरुको फेसबुकबाट ।