चर्चित कमेडियन कपिल शर्मा आफ्नो नयाँ शोलाई हिट बनाउन कुनै कसर बाँकी राख्न चाहँदैनन्। त्यसलागि उनी ग्यामरलाई पनि पूरा ध्यानमा राख्छन्। यसअघि द कपिल शर्मा शोमा मोडल रोशेल राव आफ्नो हट अन्दाजमा शोमा आउँथिन्। तर, अब कपिलको नयाँ शोमा नयाँ अनुहारलाई प्रवेश गराउँदै छन्।
यदि तपाइँलाई ‘मे आइ कम इन मेडम’ शो सम्झना छ भने उक्त शो की हट मोडलको पनि सम्झना होला। अब कपिलको शोमा पनि यिनै मेडम अर्थात नेहा पेन्डसे देखिने भएकी छन्।
उनीले कपिल शर्मासँग मिलेर शोको बागडोरर सम्हाल्ने भारतीय संचारमाध्यमले जनाएका छन्। कपिलले जहिलेदेखि आफ्नो शो को सुरुवात गरेका छन्, त्यसयता पहिलो पटक आफूसँग कुनै होस्टलाई राख्दै छन्। यो विषयमा नेहाले भनिन्, ‘मैले यो शो को टिमसँग भेटेकी छु। तर, शोमा मेरो भूमिका के हुन्छ भन्ने बारेमा बताउँदा हतार हुन्छ। ’ एजेन्सी






