लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक खुमन अधिकारीले यस पटक “जोवन साटम मायालु” बोलको नयाँ पन्चेबाजा गीत सार्वजनिक गरेका छन ।
गीतको म्युजिक भिडियो गर्दा आफू साच्चिकै बिबाहमा सरिक भएको गायक खुमनले बताए ।
उक्त गीतमा सुमधुर आवाजका धनि गायक खुमन अधिकारी र लक्ष्मी ढकालको आवाज रहेको छ भने रमेश बि .जी .ले शब्द लेखेका छन् ।
हरीनारायण चौधरीको छायाँकन रहेको गीतको सम्पादन बिष्णु शर्माले गरेका छन् । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।






