अभिनेत्री आलिया भट्ट पछिल्लो समय बलिउडमा फिल्मका कारण मात्रै चर्चित छैनन्, लभ अफेयरका कारण पनि उत्तिकै चर्चामा आउने गरेकी छिन् ।
आलिया अभिनेता सिद्धार्थ मल्होत्रासँग अफेयरमा छिन् । तर, उनीहरू दुवै आफूहरू निकट मित्र मात्रै भएको बताउने गर्छन् । खुलेआम अफेयर स्वीकार्न अनकनाइरहेका आलिया र सिद्धार्थ दिनमा मात्रै होइन, रातमा पनि सँगै हुने गरेको भारतीय सञ्चारमाध्यमले समाचार बनाउने गरेका छन् ।
केही दिनअघि आलिया मध्यराति सिद्धार्थको घर गएको खबरले अहिले बलिउडमा निकै चर्चा पाएको छ । आफू अभिनीत फिल्म ‘सानदार’को प्रमोसनमा व्यस्त रहेकी आलिया सिद्धार्थलाई भेट्न मध्यरातमै उनको घरमा गएकी बताइएको छ । केही दिनअघि मात्रै ‘बारबार देखो’ फिल्मको सुटिङ सकाएका सिद्धार्थ र आलिया प्राय: सिद्धार्थकै घरमा भेट्ने गरेको दाबी गरिएको छ ।






