लन्डन आइपुगे नेपाली ओपन कन्सर्टमा धमाकादिन चर्चित कलाकार खेम सेन्चुरी अन्जु पन्त र विजय ठाडा मगर बिमानस्थलमा भब्य स्वागत (फोटो फिचर)

शिब भण्डारी
लन्डन । बेलायतको १७ औ नेपाली ओपन कन्सर्टका लागि चर्चित कलाकारहरू खेम सेन्चुरी,अन्जु पन्त र विजय ठाडा मगर लन्डन आइपुगेका छन् ।

कलाकारहरु मगर संघ यूकेको निमन्त्रणामा जुन १४ शनिबार हुने म्यूजिक फर युनिटी’ नाराका साथ फार्नब्रो रग्बी फुटबल क्लबमा हुने नेपाली ओपन कन्सर्टका लागि उनिहरु बेलायत आएका हुन् ।

बुधबार राती १०:३० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल फोर उत्रिएका कलाकारहरुलाई बेलायतस्थित
मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन लगायतको जम्बो टोलीले न्यानो स्वागत गर्‍यो।

कलाकारहरुलाई ‘रिसिभ’ गर्न अध्यक्ष: लालु पुन,पूर्व अध्यक्ष सीता पुन मगर,वरिष्ठ उपाध्यक्ष रुद्र थापा उपाध्यक्ष गुमानसिं थापा,विष्णुसिरिस, महासचिव गोमानसिंह पुन र साँस्कृतिक सचिव नुनु पाइजा,सह-सचिव रुक आले,कोषाध्यक्ष मोहन थापा,महिला संघ यूकेकी महासचिव मनु पाइजामगर,युवा अध्यक्ष दीपक माइथाने,पूर्व सांस्कृतिक सचिव सरु राना गुरुङ लगायत दर्जनौं उपस्थित थिए ।
कलाकारहरुलाई स्वागत गर्न विमानस्थल पुगेका कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापाले सम्पूर्ण तयारी पुरा भएको कलाकारहरु लाई स्वागत गर्न पाउदा खुसि लागेको लण्डन नेपाल न्युजलाई बताए।उनले कन्सर्टलाई आफ्नै घरको साझा कन्सर्ट सम्झी हौसलासहित साथ र सहयोग तथा माया गर्दिनु भै कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन्!

कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदावहार गायिका अन्जु पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनेछन् ।

‘म्यूजिक फर युनिटी’ नाराका साथ फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने सो कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकको भनाइ छ ।

कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरू साथै बेलायतका स्थानिय कलाकारले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

कार्यक्रम हेर्न १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउण्ड र सोही दिन किन्दा २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।

१७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रीम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनीका बालबालिकालाई भने प्रवेश निशुल्क राखिएको छ ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।

सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट गर्दै आएको छ ।

बेलायतमा सबै उमेर समूहका मानिसलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।

सो कार्यक्रम सफल पार्न मगर संघ यूकेले आफ्ना १२ वटै शाखा परिचालन गरेको आयोजकले बताएका छन्।

कार्यक्रममा बेलायतको वेल्स, क्याट्रिक, मिडल्याण्डलगायत शहरहरुबाट दर्शक सहभागी हुने बताइएको छ ।

कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सञ्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् ।

अध्यक्ष लालबहादुर पुन महासचिव गोमानसिंह पुन र साँस्कृतिक सचिव नुनु पाइजाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भएको लण्डन नेपाल न्युजलाई बताए ।