लण्डनमा अहिले सम्म कै खतरा तिज भिडियो,गोर्खाली छोरी,सुजाता र प्रकास कटुवाल,सरुको कोरियोग्राफ (भिडियो हेर्नुस)

लण्डन । बेलायतमा तीज गीत (मत हजुर नेपाली) गुन्यो चोलीमा गोर्खाली छोरी तिज म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।

भिडियोमा नेपाली मौलिक संस्कृति सगैं गोर्खाली चेली गुन्यो चोलीमा शब्दले तिज गितलाई निकै रमाईलो बनाएको छ ।

गीतमा नेपालका चर्चित गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका सुजाता काफ्लेले स्वर दिएकी छन् भने शब्द बिनोद ढकालको रहेको छ।

म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फस्र्ट रनर अप खड्क बहादुर पुन मगर (खबपु) गायक एवम् डान्सर निर आले, नृत्यमा प्रतिष्ठा त्रिपाठी, ,ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ।

कोरियोग्राफर तथा निर्देशकको रुपमा स्थापित कलाकार तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका एबम नेपाली गीतसगींतमा निरन्तर सक्रिय सरु राना गुरुङको रहेको छ ।

म्यूजिक भिडियोको छायाकंन सुमन श्रेष्ठले गरेका छन् ।भिडियोलाई बेलायतको वाटफोर्ड स्थित कृष्ण मन्दिर लगाएत बिभिन्न स्थानमा छायाकंन गरिएको छ ।

प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरी प्रति गर्व गरेको विषय समावेश गरिएको छ । गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ ।

बेलायतमा नेपाली मौलिक तीज गीतको संरक्षण गर्दै दिदी बहिनीहरुलाई तीज मनाउन प्रेरित गर्ने उदेस्यले तिज गित ल्याएको गायिका सुजाता काफ्लेले लन्डन नेपाल न्युज संगको कुराकानीमा बताइन् ।

म्यूजिक भिडियो हेर्नुस;