काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लोडसेडि लोडसेडिङ अन्तय भएको घोषणा गर्दै विजुली बेच्ने योजना सार्वजनिक गरेको छ । प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले अब विद्युतको माग अनुसार विजुली दिने र केहीसमयमा बेच्नेगरि योजना बनेको बताएका छन् । उनले विद्युतको माग बढाउनुपर्ने बताएका छन् ।
प्राधिकरणमा आयोजित पत्रकार सम्मेलन गरेर प्रबन्ध निर्देशक घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने समेत बताए ।
घिसिङ्ले तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्ने बताए । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् ।
उनले अब काठमाडौंका ट्रान्सर्फमरलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना समेत सुनाए । आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए ।
घिसिङले भने,’अब लोडसेडिङको चिन्ता छैन । हामीले विजुलीको माग र आपूर्तिलाई ब्यवस्थापन गरेका छौं । अब औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि घटाउँछौं ।’
प्राधिकरणद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ,‘विद्युत सेवाको तीन स्तम्भका रुपमा रहेका – विद्युत सूरक्षा, किफायती उपयोग र चुहावट नियन्त्रणमा जनमानसमा बढि भन्दा बढि सचेतना र जागरुकता सञ्चार गर्न विद्युत प्राधिकरण र सोसाईटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपालको संयुक्त अगुवाईमा ‘विद्युत सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग स् देशको समृद्धिमा सहयोग’ नाराका साथ यही चैत्र २५ गते विद्युत सुरक्षा दिवसका रुपमा सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।






