सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टरले सम्पन्न गर्यो भव्य क्रुज पार्टी सिड्नी । सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टरले क्रुज पार्टी भव्य रुपमा सम्पन्न गरेको छ । नयाँ वर्षको स्वागतार्थ आयोजित कार्यक्रम ६ अप्रिल शनिवार सिड्नी डर्लिङ हार्वर स्थित क्रिन स्थ्री र्याबबाट सुरुभएको कार्यक्रम बेलुकी १० बजेसम्म चलेको थियो । ७ बजे औपचारिक कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा संस्थाका महासचिव अध्यक्ष प्रकाश पौडेलले कार्यक्रमको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।

संस्थाको औचित्य, गतिबिधि सहित भावी उद्धेश्यको बारेमा सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टर अध्यक्ष सुदिप ढकालले प्रप्ट पारे । उनले भावि दिनमा सामुदायिक अन्तरक्रिया सहितका अन्य कार्यक्रम गर्ने भन्दै अबको १ वर्षमा संस्थाको अधिवेशन हुने स्पष्ट पारे । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद संयोजक बिनोद कुँवर, सञ्चारकर्मीको तर्फबाट एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्लेले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै एनआरएनएका पूर्व अध्यक्ष नन्द गुरुङ र कार्यक्रम प्रायोजक तर्फका मल्टिडायनामिक रियलस्टेटका मेघराज पौड्यालले सिड्नी मल्टिकल्चरको औचित्यका बारेमा प्रष्टाएका थिए । सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टर उपाध्यक्ष द्वय उपाध्यक्ष सूर्य खनाल, कल्याणी बर्तौला,पब्लिक अफिसर तिर्थ खतिवडा, कोषाध्यक्ष अमृत आचार्य र प्रवक्ता अरुण गौतमको सकृय सह-भागिता रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, एनआरएनएका पदाधिकारी लगायत सञ्चारकर्मी र स्थानीय गरी झण्डै ३ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकारहरुले दोहोरी प्रस्तुत गरेका थिए भने डिजेको प्रस्तुती मा सहभागिले भरपुर मनोरन्जन लिएका थिए। 







