प्रकाश कण्डेल
लण्डन, सृर्जनशिल नेपाली समाज लेष्टर यूकेको नेपाली नयाँ बर्ष २०८१ मनाउन गायिका द्वय सिर्जना खत्री र रेनुका भट्टराई लण्डन आईपुगेका छन्।
समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल ८ तारिक सोमबार जंगल क्लब हलमा हुदैछ।चार्चित मोर्डन गीत बाट नाम कमाएकी श्रृजना खत्री ( हाउडे माया ) र लाईभ दोहोरीकी अब्बल गायिका रेनुका भट्टराईले सांगेतिक प्रस्तुति दिने समाजका अध्यक्ष पुण्डरी प्रसाद अर्यालले लण्डन नेपाल न्युजलाई बताए।
कलाकारहरुलाई स्वागत गर्न बिमानस्थलमा समाजसेबी तथा कलाकार प्रेमी गोबिन्द सापकोटा, खेम ढकाल र गायिका भुमिका शाह आएका थिए।
समाजका संस्थापक अध्यक्ष देखी पुर्व अध्यक्षहरु नामावली यस्तो छ।
संस्थापक अध्यक्ष राजु कंडेल, पुर्व अध्यक्षहरु श्री दयानिधि सापकोटा, पशुपति पोख्रेल, प्रेम आले मगर, बलराम चापागाई, नारायण फुयाल ।
समाजका बर्तमान अध्यक्ष पुण्डरी प्रसाद अर्याल, महासचिव शिब पराजुली र सम्पुर्ण कार्यसमितिहरूले कार्यक्रममा आएर नयाँ बर्षको शुभकामना आदान प्रदान गर्न सबैलाई निमन्त्रणा गरेका छन्।






