बेलायतमा गुल्मेलीको अध्यक्षमा ४ उम्मेदवार बीच उच्च प्रतिस्पर्धा, अरु पदमा को को ले दिए उम्मेद्वारी

लण्डन ।गुल्मी जिल्ला समाज यूके निर्वाचन समितिले शुक्रबार प्रकाशन गरेको उम्मेद्वारको पहिलो सूची अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेद्वारी सार्बजनिक गरिएको छ ।

अध्यक्ष पदमा वरुण भण्डारी, मञ्जु भण्डारी, रुद्र थापा र तारा भट्टराईको उम्मेद्वारी परेको हो। अध्यक्ष उम्मेद्वारमध्ये थापा वर्तमान महासचिव हुन् भने अरु तीनै जना उपाध्यक्ष हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षका लागि  मुकुन्दहरि खराल निर्विरोध भएका छन्। र महलाल घिमिरे माहासचिवमा निर्विरोध भएका छन्।

एक सचिवका लागि भने वसन्त खनाल र राधा खरेलको उम्मेद्वारी परेको छ। त्यस्तै, कोषाध्यक्षमा तेजबहादुर श्रीष र सहकोषाध्यक्षमा डम्मर श्रीष निर्विरोध भएका छन् ।

कार्यसमिति सदस्यमा उम्मेद्वारी दिनेमा अर्जुन बस्नेत, दीपक थापा मैथाने मगर, गुनबहादुर थापा, कपुर श्रेष्ठ, काशिराम भण्डारी, माया केसी, रामप्रसाद पन्थी, शर्मिला भण्डारी, सुरेश केसी र सूर्यविक्रम केसी निर्विरोध भएका छन् ।

फत्त थापा संयोजक रहेको निर्वाचन समितिमा बालजंग अर्याल र राजेन्द्र श्रेष्ठ सदस्य छन्।

निर्वाचन समितिका संयोजक फत्त थापाले जारी गरेको सूचनाअनुसार प्रकाशित उम्मेद्वारको नामावलीमा दावीविरोध गर्न अप्रिल ८ तारिख बेलुका ५ बजेसम्म समय दिइएको छ।

त्यस्तै, अप्रिल १३ तारिख साँझ ५ बजे योग्य उम्मेद्वारको अन्तिम सूची सार्वजनिक गरिनेछ भने आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहे अप्रिल २९ तारिख साँझ ५ बजेसम्म समय उपलब्ध गराइएको छ।

अप्रिल ३० तारिख उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र मे ५ तारिख निर्वाचन हुने तालिका छ।

समाजको नयाँ कार्यसमिति निर्वाचित गर्ने अधिवेशन आगामी मे ५ मा अल्डरसटमा हुँदैछ।