जेनी भट्टराई,
लण्डन | च्यारिटी बल (सहायतार्थ आयोजना गरिएको भेटघाट कार्यक्रम) मा गोरखालीहरूको सहयोगको लागि £३०,००० राशी सङ्कलन ,सो कार्यक्रम (बल) मा भूकम्प प्रभावित गोरखाली र उनीहरूका परिवारलाई सहायता प्रदान गर्न चन्दा सहयोग सङ्कलन गरिन्छ
स्याण्डहर्स्टका गोरखाली सिपाहीहरूले नेपालमा भूकम्प प्रभावित गोरखालीहरूको सहायतार्थ आयोजना गरिएको भेटघाट कार्यक्रम (च्यारिटी बल) मा मेजर तथा श्रीमती रुद्र खड्कालाई स्वागत गरेका थिए।
उदार मन भएका अतिथिहरूले नेपालमा भूकम्प प्रभावित गोरखालीहरूको सहायतार्थ आयोजना गरिएको भेटघाट कार्यक्रम (च्यारिटी बल) मा £३०,००० सहयोग रकम जम्मा गरे।
एबीएफ द सोल्जर्स् च्यारिटी र द गुर्खा वेलफेयर ट्रष्टको लागि रकम जुटाउन रेडिङमा ग्र्याभिटी पर्सनेल नामक व्यवसाय सञ्चालन गरिरहेका किरण र क्याथी शर्माद्वारा मे २३ मा रेडिङ हिल्टनमा कार्यक्रम (बल) को आयोजना गरेका थिए।
दुबै च्यारिटी (परोपकारी संस्था) हरूले नेपालमा हालै गएको भूकम्पबाट प्रभावितहरूलाई सहयोग प्रदान गरिरहेको छ। एबीएफ द सोल्जर्स् च्यारिटीले हाल सेवारत र सेवानिवृत्त सैनिक र तिनका परिवारहरूको आजीवन सहयोग उपलब्ध गराउँछ भने द गुर्खा वेलफेयर ट्रष्टले नेपालमा रहेका (लामो समयसम्म सेवा गरेका) भूतपूर्व सैनिक, तिनका परिवार र तिनको समुदायलाई आर्थिक तथा मेडिकल सहायता उपलब्ध गराउँछ।
सो कार्यक्रम रेडिङ फुटबल क्लबका पूर्व क्याप्टेन एडी विलियम्सले सञ्चालन गरेका थिए र अतिथिहरूले लिलाम बढाबढ, चिट्ठा र मनमोहक हेड्स् एण्ड टेल्स् खेलमा सहभागी भएका थिए।
सबैले धेरै मिहिनेत गरेर परोपकारको प्रयोजनको लागि £२६,५०० रकम सङ्कलन गरे, त्यसमा रेडिङ वेस्टका कन्जर्भेटिव पार्टीका सांसद आलोक शर्माले रकम थप गरी कूल £३०,००० पार्न सहयोग गरेका थिए।
बहालवाला गुर्खा अधिकृत र तिनका श्रीमती लगायत झण्डै २५० जना अतिथिहरूलाई रोयल मिल्ट्री अकाडमी स्याण्डहर्स्ट सपोर्ट युनिटबाट आएका गुर्खा सैनिकहरूको सम्मान टुकडीले कार्यक्रममा स्वागत गरेका थिए र आर्मी एयर कर्प्स् पप तथा ज्याज ब्याण्डले पनि अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।
गोर्खा वेलफेयर ट्रष्टकी कोष संकलन तथा सञ्चार निर्देशक क्यारेन इङ्ल्याण्डले भनिन्: “गोर्खा वेलफेयर ट्रष्ट् यसको भुकम्प पीडित राहत कार्यको लागि रकम संकलनार्थ शनिबार साँझको कार्यक्रम आयोजना गरिदिनुभएकोमा द सोल्जर्स च्यारिटी बर्क्शायर (एबिएफ) एवं किरण शर्मालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छ।
“नेपालका अधिकांश प्रभावित क्षेत्रहरू परम्परागत रूपमा गोर्खा ब्रिगेड भर्ती गरिने तथा अत्यधिक संख्यामा गोर्खा भूतपूर्व सैनिकहरु बसोबास गर्दै आएको भूभाग नै रहेका छन् तथा तिनका आश्रित परिवारले आफ्ना घरबास एवं सम्पत्ति गुमाएका छन्।”
द सोल्जर च्यारीटी एबिएफका ब्रिगेडियर रोबिन ब्याकोन र गोर्खा वेलफेयर ट्रष्टका कोष संकलन तथा सञ्चार सम्पर्क निर्देशक क्यारेन इङ्ल्याण्डले एक च्यारिटी कार्यक्रम मार्फत नेपालका भूकम्प पीडितको लागि रकम संकलन गर्नु भएको छ।
एबिएफ द सोल्जर च्यारिटीका अध्यक्ष ब्रिगेडियर पिटर वाल्करले भने: “म किरण र क्याथी शर्मालाई सो कार्यक्रम सफल बनाउनु भएकोमा र सबै पाहुनाहरुलाई मद्दत गर्नु भएकोमा, साथै जो उपस्थित भएर इच्छापूर्वक त्यस साँझ चन्दा दान गर्नुभई त्यति ठुलो रकम जम्मा गर्न पुग्ने विभिन्न किसिमका पुरस्कारहरु उपलब्ध गराइदिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु।
“उक्त रकम संकलन कार्यको स्वागत गर्दछु र सो रकम यस विपत्बाट प्रभावितहरूको सहयोगको लागि मात्रै खर्च गरिनेछ।”
श्रीमान् र श्रीमती शर्माले जम्मा दुई हप्ताको मात्र अवधिमा सो कार्यक्रम आयोजना गरेका थिए तथापि निकै ठूलो संख्यामा सहभागी र सहयोग रकम जम्मा हुँदा उनीहरू अत्यन्त हर्षित छन्।
उनिहरुले भने -हामी उहाँहरूको सहयोगको लागि हिल्टन होटल रेडिङका अश्राफ नबी र तयारीको लागि त्यति छोटो समय हुँदा पनि कार्यक्रम सफल रूपमा व्यवस्थापन गरिदिनुभएकोमा सु रोबर्ट्स् एण्ड एसोसियट्स् अनि उहाँको टिमलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । टिकेट खरिद गर्ने र पुरस्कारहरू उपलब्ध गराइदिनुहुने सबैलाई म धन्यवाद टक्र्याउन चाहन्छु, उहाँहरूको सहयोग बिना कार्यक्रम त्यति भव्य रूपमा सफल हुने थिएन।”
(तस्बिर: रेडिंग डट कम)










