यस्तो छ सल्लू भाइजानको ‘बजरङ्गी भाइजान’ (भिडियोसहित)

salman1

काठमाडौँ, १५ जेठ, एक्सन फिल्मबाट दर्शकको मन छुन सफल सल्लु भाई अर्थात् सलमान खानको नयाँ फिल्म ‘बजरङ्गी भाइजान’ को टिजर हालै सार्वजनिक गरिएको छ । सलमानको यो समयको बहुप्रतिक्षित फिल्मको रुपमा हेरिएको ‘बजरङ्गी भाइजान’ मा बजरङ्गबली अर्थात् हनुमान भक्त सलमानलाई एक्सन र सेन्टीमेन्टमा उतार्ने प्रयास गरिएको जनाइएको छ । एक पाकिस्तानी बच्ची भारतमा हराएपछि उनका बाबुआमासम्म पुर्याइदिन सलमानले गरेको प्रयासमा फिल्म आधारित भएको जनाइएको छ ।

सलमान खानकै निर्माणमा बनेको यो चलचित्रलाई कबिर खानले निर्देशन गरेका छन् भने यो फिल्मलाई आगामी इदको अवसरमा सिनेमा हलमा प्रदर्शित गरिने जनाइएको छ । फिल्ममा सलमान सहित करिना कपूर खान, नवाजुद्धिन सिद्धिकी लगायतको मुख्य भूमिका रहेको छ ।
हेर्नुहोस् बजरङ्गी भाइजान फिल्मको पहिलो टिजरः