लन्डन, १५ असार । लिभरपुलको जोनमोर युनिभर्सिटीका प्राध्यापक पदम सिम्खडा एसोसिएट डिनमा नियूक्ति भएका छन् । प्रजनन् तथा यौन स्वास्थ्य, बसाईँसराई र मातृशिशु बिषयका ज्ञाता सिम्खडालाई यूनिर्भसिर्टीले आजै डिनमा नियूक्त गरेको हो । २१ जना प्राध्यापकहरुलाई उछिनेर सिम्खडा डिन बनेका हुन् । आगामी १ अगष्टदेखि सिम्खडा उक्त विश्वविद्यालयको शिक्षा र सामुदायिक स्वास्थ्य संकायको एसोसिएट डिनको कार्यभार समाल्ने छन् । २५ हजार अध्ययनरत सो यूनिर्भसिटीमा उनले सम्हालेको संकायमा मात्र ६ हजार विद्यार्थी अध्ययनरत छन् ।
लामो अनुभव नै छनोटको आधार भएको सिम्खडाले बताए । नियुक्तिले मलाई शिक्षाको क्षेत्रमा काम गर्न थप हौसला मिलेको छ, सिम्खडाले भने युनिर्भसिटीको ब्यवस्थापनलाई अझ सशक्त बनाउने प्रयत्न गर्नेछु । ग्रामीण महिला स्वास्थ्यका क्षेत्रमा काम गर्ने ग्रीनतारा ट्रस्ट बेलायत र नेपाल, संस्थासँगसमेत सिम्खडा आबद्ध छन् । यसअघि उनले ग्लोवल हेल्थसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएका थिए ।
प्रा. सिम्खडा जोनमोर युनिर्भसिटीमा डिन






