नैरोबी, १५ असार । केन्याकै पजेटा संस्थाले सुडान गैंडाको सुरक्षाका लागि अहिले चन्दा बटुलिरहेको छ । सो संस्थाका अनुसार बजारमा यो गैंडाको सिङको मूल्य ७५ हजार डलर रहेको छ । शिकारीबाट यसको ज्यान बचाउनैका लागि यसअघि नै यसको सिङ काटिसकिएको छ । पजेटाले यो गैंडाको सुरक्षाका लागि अघिल्लो महिना एक अभियान चलाएको थियो । सो अभियानबाट सात हजार सात सय डलर संकलन भएको छ ।
अहिलेसम्म तपार्इंले कुनै ठूला नेता या उच्च पदस्थ ब्यक्तिहरुको कडा सुरक्षा व्यवस्था गरिएको देख्नु भएको होला । तर नेताहरु र मन्त्रीहरुलार्इ दिएजस्तै सुरक्षा कुनै जनावरलार्इ दिएको देख्नुभयो भने तपार्इं के भन्नुहुन्छ ?
एउटा जनावरले केन्यामा मन्त्रीको भन्दा कडा सुरक्षा पाइरहेको छ । केन्यामा रहेको एउटा गैंडाको सुरक्षाका लागि अत्याधुनिक हतियारसहित २४ घन्टै त्यहाँको सेनाको रेन्जर टोलीका ४० जना सदस्य खटिन्छन् । सेतो रंगको ४० वर्षीय सुडान नामको यो गैंडा उसको प्रजातिको अन्तिम भाले गैंडाका रुपमा रहेको छ । यसको सुरक्षाका लागि त्यहाँको सरकारले भिआर्इपीसरहको बन्दोबस्त मिलाएको हो । यो प्रजातिका सेतो गैंडा संसारभरमा पाँचवटा मात्र बँचेका छन् । जसमा सुडानसहित केन्यामा दुर्इवटा पोथी गैंडा पनि रहेका छन् । यो गैंडालार्इ गत साल दुर्इ पोथी गैंडासँगै चेक गणराज्यको चिडियाखानाबाट केन्या लगिएको थियो । यो गैंडाको सुरक्षाका लागि प्रशासनले यसको शरीरमा रेडियो ट्रान्समिटर पनि जडान गरेको छ ।
एउटा गैँडालार्इ ४० जना सैनिकको सुरक्षा






