लन्डन । यूकेको वकिङ निवासी नेपाली इन्जिनियर अक्षय चापागाईंले रिजनल इमर्जिङ इन्जिनियर अवार्ड २०१६ जितेका छन् ।
लन्डन ग्रयाजुएट्स एण्ड स्टुडेन्ट्स कमिटीद्धारा गत सोमबार लन्डनमा आयोजित समारोहमा चापागाईंले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन् ।
चापागाईंको पुल डिजाइनमा केन्द्रित कार्यपत्रले अन्य चार इन्जिनियरलाई उछिन्दै उक्त अवार्ड दिलाएको हो । चापागाईं बालफोर बीएट्टी कम्पनी अन्तर्गत क्रसरेलको साउथ इष्ट सेक्सनमा साइट इन्जिनियरका रुपमा कार्यरत छन् ।







