बतास समूहलाई पशुपतिबाट ‘आउट’ गर्न सकिएन मन्त्री आले

काठमाडौं। नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई ‘आउट’ गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला गएको छ ।

भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा निजी कम्पनी बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ । उक्त धर्मशाला पर्यटनमन्त्री आलेले निरीक्षण गर्दैछन् । मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका नाममा पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल सञ्चालनमा ल्याएको थियो ।

यस अघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।