काठमाडौं, कार्तिक १४ । चीनको मध्य हेनान प्रान्तस्थित बेइवुलु सहरमा दुई तले भवन भत्कँदा १७ जना कामदारको मृत्यु भएको छ ।
घटनामा २३ भन्दा बढी घाइते भएको ‘सिन्ह्वा’ समाचार एजेन्सीले जनाएको छ । स्थानीय अस्पतालमा उपचाररत नौजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।
भवनको जगमै पुनःनिर्माणको काम भैरहँदा भवन भत्किएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चीनमा भवन सुरक्षाको नियमनको विषयमा चासो व्यक्त गरिँदै आएको छ ।






