बसले मोटरसाइकललाई किच्दा जय कट्टेलको ज्यान गयो…

भद्रपुर ६ स्थित भानुचोकमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। विर्तामोडबाट भद्रपुरतर्फ गइरहेको मे १ ख ४२३ नम्बरको ओमसाई कोच नामको यात्रुबाहक बसले सोही दिशातर्फ गइरहेको को ४ प ४०८० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । दुर्घटनामा परी बनियानी ६ बस्ने ४५ बर्षिय जय कट्टेलको ज्यान गएको हो |

कट्टेल मोटरसाइकलको पछाडीको सिटमा सवार थिए। मोटरसाईकल चालक बनियानी ६ कै अन्दाजी ५० बर्षिय रामसुगारत मण्डल (गोपाल) को देव्रे खुटा भाँचिनुका साथै ठाउकोमा गम्भिर चोट लागेको छ। एक स्थानीय पैदलयात्री भद्रपुर ६ बस्ने ७० बर्षिय सुमित्रा राय समेत घाइते भएकी छिन्। रायको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। मण्डलको उपचार स्थानीय अस्पतालमा संम्भव नभएपछि अन्यत्र पठाइएको प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए । पोदारका अनुसार बस चालक फरार रहेका छन् ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीव्र गति रहेको बसले आफ्नै साईडबाट गुडिरहेको मोटसाइकललाई ठक्कर दिनुका साथै ५० मिटरसम्म मोटरसाइकललाई घिसारेर लगेको थियो। बाटो नजिकै रहेको पर्खालमा बस ठोकिएकोले बसमा सवार यात्रुलाई कुनै क्षति भएन । दुर्घटनामा चालकको चरम लार्पवाही रहेको प्रत्यक्षदर्शीको भनाई छ।