काठमाडौं । भारत नेपालको तराई -मधेश भुभागलालाई राज्यबाट अलग गराउने क्रियाकलापको बढुवा गर्ने क्रियाकलापमा लागेको भेटिएको छ । तराई -मधेश ‘विखण्डन’लाई प्रोत्साहित खालको भिडियो भारतीय विदेश मन्त्रालयले आफ्नो आधिकारिक युट्यूब अकाउन्टमा राखे पछि उसमाथि नेपालीले गर्ने गरेका आशंकामा थप बल पुगेको छ ।
तराईमा जारी आन्दोलनका विषयमा भारतको एक ससाचार संस्थाले बनाइएको भिडियोलाई भारतीय विदेश मन्त्रालयले आफ्नो युट्यूब अकाउन्टमा ‘नेपालका मधेसी समुदायको छुट्टै राज्यको आन्दोलन गर्ने चेतावनी’ शिर्षकमा राखिएको छ ।
यद्यपी नेपालमा आन्दोलनरत मधेशी मोर्चाले नेपालको तराईलाई अलग गर्ने कुरा अहिलेसम्म उठाएका छनैनन् । भारतीय न्यूज एजेन्सी एएनआईले बिना स्क्रिप्टवि बनाएको भिडियो रिपोर्ट विदेश मन्त्रालयले करिब ३ दिन अघि साभार गरेर हालेको पाईएको छ ।






