लडाकू कमान्डरदेखि उपराष्ट्रपतिसम्मः जीवन मरणको अवस्थामा देशभक्त छवि (भिडियोसहित)

…g]kfnsf] ;+ljwfg @)&@Ú ;fFem kfFr ah] /fi6«klt 8f= /fdj/0f ofbjaf6 3f]if0ff x'g] b'nxLh:t} l;Fufl/Psf] ;+ljwfg;ef ejg . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, कार्तिक १४ । नन्दबहादुर पुन अर्थात् नन्दकिशोर पुन ‘पासाङ’ नेपालको कम्युनिष्ट आन्दोलनमा विद्रोही लडाकूको कमान्डर हुँदै देशको दोस्रो सर्वोच्च पद उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

मुलुकको दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुनको जन्म २०२२ साल कार्तिक ७ गते रोल्पा जिल्लाको राङसी गाविसमा आमा मनसरा र वुवा रामसुर पुनका माहिलो छोराको रुपमा भएको थियो ।

२०३७ सालमा ६ कक्षामा पढ्दै गर्दा उनी मोहनविक्रम सिंहले नेतृत्व गरेको तत्कालीन नेकपा चौंथो महाधिवेशनसम्बद्ध अखिल छैटौंको इकाइ अध्यक्ष भएर राजनीतिमा प्रवेश गरे ।

एसएलसी उतीर्ण गरेपछि २०४२ सालमा आफ्नै गाउँ राङसी माविमा खेलकुद शिक्षक भए । ०४५ सालमा प्रमाणपत्र तह उत्तीर्ण पासाङले भारतबाट स्नातक र शान्ति प्रक्रियामा आएपछि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन सुरु गरे । यद्यपि, उनी सो अध्ययन जारी रहँदै मुलुकको दोस्रो उपराष्ट्रपति बनेका छन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।