कम्बोडियाका प्रधानमन्त्री नेपालमा

काठमाडौँ– कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेका छन् ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

उनलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी पनि दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *