गुन्डाले लगाउन थाले बुलेटप्रुफ ज्याकेट

gunda-415x330
काठमाडौं- पाँच महिनाअघि प्रहरी मुठभेडमा मारिएका गुन्डानाइके कुमार घैँटेका प्रमुख सहयोगी युवराज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् ।

गत २५ पुसमा नुवाकोटको रातमाटे गाविसको महादेवफाँटबाट पक्राउ परेका गुरुङ बुलेटप्रुफ ज्याकेट लगाएर एक राउन्ड गोली लोड गरिएको रिभल्वर बोकेर हिँडिरहेका थिए । प्रहरीसँगको बयानमा उनले ‘शत्रु धेरै भएकाले’ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताएको नुवाकोट प्रहरी प्रमुख डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

गुन्डानाइकेमाथि प्रहरीले इन्काउन्टर गर्न थालेपछि उनीहरूले बुलेटप्रुफ ज्याकेट लगाउन थालेका हुन् । प्रहरीले आक्रामक कारबाही थालेपछि केही भागेका छन् भने केहीले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाउन थालेका हुन् । राजधानीमा दुई ठूला गुन्डानाइके प्रहरी मुठभेडमा मारिएपछि गुन्डागर्दीमा संलग्नहरू डराउन थालेका छन् ।

पहिले दिनेश अधिकारी चरी र त्यसको केहीपछि घैँटे मारिएपछि यो अवस्था आएको हो ।