बहालवाला चार मन्त्री अख्तियारको कारबाहीमा

Eknath-Dhakal
शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकाल ।

काठमाडौं- बहालवाला चार मन्त्री कारबाहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पति विवरण नवुझाउने बहालवाला चार मन्त्री, सभासद्, कर्मचारी, सेना, प्रहरी, शिक्षक गरि २४ हजार ३ सय ७६ लाई ५ हजार जरिवाना गरेको छ ।

उनीहरूले आर्थिक वर्ष ०७१/७२ को सम्पत्ति विवरण समयमा नबुझाएपछि पाँच हजार जरिवाना गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले बताए । अख्तियारले शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, सहायकमन्त्री विराज विष्ट र भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

सम्पत्ति विवरण नबुझाएका पूर्वअर्थमन्त्री डा. रामशरण महत र पूर्वऊर्जामन्त्री राधा ज्ञवालीलाई पनि अख्तियारले जरिवाना गरेको छ । उनीहरूमाथि जनही पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । अघिल्लो सरकारका उनीहरूले पनि गत आर्थिक वर्षको सम्पत्ति विवरण समयमा बुझाएका थिएनन् ।