पत्रकार महासंघ यूकेको बैठक सम्पन्न, अधिवेसन मार्च ६ मा

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसन आउंदो मार्च ६ तारिख आइतबार हुने भएको छ । आइतबार लण्डनमा बसेको शाखाको बैठकले लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टको सभाहलमा अधिवेसन गर्ने निर्णय गरेको हो । FNJ uk Meeting 017
अध्यक्ष चिरन शर्माको अध्यक्षतामा बसेको बैठकले अधिवेसन आयोजनाका लागि संयोजन गर्ने जिम्मा पनि अध्यक्ष शर्मालाई नै दिएको छ ।
महासचिव श्याम लुईंटेलले सञ्चालन गरेको बैठकले शाखाका सल्लाहकारहरु भगिरथ योगी र नवीन पोखरेलसंगै नेपाली टिभीका निर्देशक विजय थापा सम्मिलित निर्वाचन समिति गठन गरेको छ जसमा सोलिसिटर राजु थापालाई कानुनी सल्लाहकार बनाइएको छ ।
अधिवेसनको आर्थिक व्यवस्थापनका लागि कोषाध्यक्ष देवी गौतमको संयोजकत्वमा सहकोषाध्यक्ष देवेन्द्र खेरेस र सदस्य शिव भण्डारी सदस्य रहेको समिति बनाइएको छ ।
त्यसैगरि विधान संसोधनका लागि महासचिव श्याम लुइंटेल संयोजक रहने गरी सचिव लिलामान शेरपुञ्जा र सदस्य राजकुमार थापा सदस्य रहेको विधान समिति पनि बैठकले गठन गरेको छ ।
अधिवेसन प्रचारप्रसारका लागि उपाध्यक्ष धर्मराज अधिकारी संयोजक तथा ध्रुबराज अर्याल, फणिन्द्र भट्टराई, रमा लामिछाने, छत्र वनेम र मिलन शर्मा सदस्य रहेको समिति पनि निर्माण गरिएको छ ।

बैठकमा सल्लाहकारहरु भगिरथ योगी, नवीन पोखरेलसंगै वरिष्ठ उपाध्यक्ष नरेश खपांगी, उपाध्यक्ष धर्मराज अधिकारी, महासचिव श्याम लुंइटेल, सहकोषाध्यक्ष देवेन्द्र खेरेससंगै सदस्यहरु ध्रुबराज अर्याल, शिब भण्डारी, रमा लामिछाने, छत्र वनेम लगायत उपस्थित थिए ।FNJ uk Meeting 028